काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुुभएका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले आज भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो । उक्त भेटघाटमा प्रधानमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार विष्णु रिमालपनि सहभागी हुनुहुन्थ्यो।