काठमाडौं ! नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को प्रतिनिधि मण्डलले आइतबार प्रधामन्त्री केपी शर्मा ओलीलाई भेट्दैछ।
सिपिसीका केन्द्रीय सदस्य चेन जाङ सहितका नेताहरू नेपाल भ्रमणमा छन्।
उनीहरूसँग बिहान ९ बजे बालुवाटारमा भेटवार्ता तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
‘दुई पार्टी र दुई देशबीचको पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुनेछ,’ नेकपा (एमाले) प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।