उपत्यकामा आजबाट सार्वजनिक सवारीसाधनमा हट्यो जोरबिजोर

काठमाडौँ – काठमाडौँ उपत्यकामा बस, माइक्रोबस र टेम्पोहरुमा जोर–बिजोर प्रणाली हटाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधनमा जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ट्याक्सी र निजी सवारी साधनमा मात्र जोरविजोर प्रणाली लागू हुने जानकारी दिनुभयो । तर अत्यावश्यक र तोकिएका सवारी साधनमा भने जोरबिजोर लागू हुने छैन ।

सवारी सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराखी स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्ने भनिएको छ । लामो दूरीमा चल्ने सवारी साधानले भने बीच बाटोमा यात्रु नचढाउने गरी सुरुदेखि अन्तिम गन्तव्यसम्म सञ्चालन गरी विवरण जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा उपलब्ध गराउन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *