आज प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’

काठमाडौँ । फेब्रुअरी १४ प्रेम गर्नेहरुका लागि विशेष दिन अर्थात् ‘भ्यालेन्टाइन्स डे’ । तर्क गर्नेहरुले त भन्छन्, यो पश्चिमा संस्कृति हो । आयातित संस्कृति हो । तर, प्रेमका पक्षपातीहरू भन्छन्, प्रेमको कुनै भूगोल हुँदैन । प्रेमको कुनै सीमा हुँदैन ।

हुन त केही नेपालीहरू हाम्रो आफ्नै संस्कृतिमा पनि प्रेम दिवस भएको र त्यो कृष्ण अष्टमी भएको तर्कमा जोड दिन्छन् । त्यसैले अर्काको संस्कृति अनुसार प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ मनाउन नहुने तर्क राख्छन् । तर पनि भ्यालेन्टाइनले नेपाली समाजमा पनि जरो गाड्दै छ । १४ फेब्रुवरीका दिन मनाइने यो दिवसमा प्रेम प्रस्ताव राख्ने, प्रेम सन्देशहरू लिने दिने र जीवनसाथी नै रोज्ने पनि गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *