नेपालमा आफ्ना सैनिक राख्ने वातावरण बनाउँदै अमेरिका

काठमाडौं । अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को मस्यौदा नेपाललाई पठाएर आफ्ना सैनिक नेपालमा राख्ने इच्छा व्यक्त गरेको छ । पछिल्ला दिनहरूमा अमेरिकाले उक्त सम्झौतामा हस्ताक्षर गर्न नेपाललाई दबाब पनि दिइरहेको छ।
पछिल्लो समय अमेरिकी सेनाको प्यासिफिक कमान्डका कमान्डर जनरल चाल्र्स ए फ्लिनले नेपालको भ्रमण गरेका थिए । भ्रमणको समयमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटी एसपीपी समझौतामा हस्ताक्षर गर्न दबाब दिएका थिए ।

केही दिनपछि प्रधानसेनापति शर्मा र प्रधानमन्त्री देउवाले अमेरिकाको भ्रमण गर्दै छन् । सकेसम्म प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको समयमा उक्त सम्झौतामा हस्ताक्षर गर्ने वातावरण बनाउन अमेरिकाले नेपाललाई दबाब दिइरहेको छ ।अमेरिकाले पहिलोपटक सन् २०१५ मा एसपीपी कार्यक्रममा सहभागी हुन नेपाललाई अनुरोध गरेको थियो । त्यसपछि एसपीपीबारे दुई देशबीच छलफल हुन सकेको थिएन ।

दुई महिनाअघि अमेरिकी उच्च सैनिक अधिकृतले नेपालको भ्रमण गर्दा एसपीपी सम्झौताको मस्यौदै नेपाललाई हस्तान्तरण गरेपछि पुनः यसबारे बहस शुरू भएको हो । अमेरिकाले हस्तान्तरण गरेको १० बुँदे मस्यौदामा स्पष्ट शब्दमा अमेरिकी सैनिकलाई नेपालमा राख्न सकिने प्रावधान राखिएको छ । यसले नेपालमा आफ्नै सैनिक राख्ने अमेरिकी चाहना स्पष्ट पारेको छ । मस्यौदाको पहिलो बुँदामा नै नेपाली सेनाको प्रशिक्षण तथा संस्थागत क्षमता विकासका लागि अमेरिकी सैनिक नेपाल आई बस्न पाउने उल्लेख गरिएको छ । उनीहरू हातहतियारसहित उपस्थित हुन पाउने व्यवस्था धारा १ मा गरिएको छ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *