काठमाडौ ! विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
उक्त पदमा आफू रहँदा रहँदै घिसिङलाई गरिएको नियुक्ति कानून र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत भएको भन्दै हितेन्द्र शाक्यले सोमबार रिट दिएका हुन्।
उक्त रिट दर्ता भएको सर्वोच्च अदालतले जनाएको छ।