नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक भोलिदेखि काठमाडौंमा बस्दै

काठमाडौं । भोलि बुधबारदेखि नेपाल-भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी) को बैठक बस्ने भएको छ । २ वर्षदेखि हुन नसकेको बैठक काठमाडौंको होटल हायातमा दुई दिनसम्म चल्नेछ ।

भारतले बैठकमा ‘जलविद्युत आयोजनामा संयुक्त लगानी/विकास’बारे छलफल गर्न चाहेको छ । २०७६ असोजको अन्तिम सातामा भारतको बैंग्लोरमा बसेपछि यो बैठक बसेको थिएन । नेपालले बैठक बोलाउन पटक-पटक भारतलाई आग्रह गर्दै आएपनि भारतले कोरोनाको महामारीको कारण देखाएर अलमल गर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *