उपराष्ट्रपति यादवको शपथ सम्पन्न

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार बिहान आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई खुवाएका हुन् ।

शपथ समारोहमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेलगायतको उपस्थिति थियो ।

यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *