बागमती प्रदेशको मुख्यमन्त्रीमा अस्टलक्ष्मी शाक्य नियुक्त

काठमाडौ !वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छिन् । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले मुख्यमन्त्रीमा शाक्यलाई नियुक्त गरेका हुन् ।

शाक्यको अहिले ८:३० बजेपछि शपथ ग्रहण कार्यक्रम राखिएको सांसद अरुण नेपालले जानकारी दिएका छन् । त्यसअघि बुधबार विहान शाक्यलाई नेकपा एमाले वागमती प्रदेश संसदीय दलको नेता चयन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *