कैलाली! नेकपा (एमाले) कैलालीको अधिवेशनमा आज निर्वाचन प्रक्रियाको कामहरु अघि बढिरहेको छ। सहमतिमा नेतृत्व टुंगो नलाग्ने भएपछी अध्यक्षका उम्मेदवारहरु प्यानलै बनेर निर्वाचनमा होमिएका छन। पदाधिकारीमा प्यानल भएपनि सदस्यहरुमा युवा देखि सबै वर्गका नेताहरुले आ- आफ्नो ढ्ङ्गले उम्मेदवारी दर्ता गराएका छन।
रास्ट्रीय युवासंघ नेपालका स्थायी कमिटी सदस्य एवं युवा व्यवसायी अरुण कुवरले पनि जिल्ला कमिटी सदस्य(खुल्ला) मा आफ्नो उम्मेदवारी दर्ता गराएका छन।
कुवर लोकप्रीय युवा नेता भएकाले दुइटै पक्षका नेताहरुले आ- आफ्नो प्यानलमा उनलाई समेट्न प्रयासमा देखिएको छ। युवाहरुलाई पनि हरेक कमिटीमा नेतृत्वमुलक सहभागिताको माग राखि आफुलाई कुनै प्यानलमा नराखिकन युवाहरुले उम्मेदवारी घोषणा गरेका छन। यसै अनुरुप युवा नेता कुवरले पनि आफुलाई प्यानलमा प्रस्तुत नगरी आम प्रतिनिधिहरुले युवापङ्तिलाई आजको आवस्यकता ठानेर जिताउने ठोकुवा गरे।
युवाहरुमा निकै लोकप्रीय मानिएका र पार्टिको हरेक जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गरेका कुवर अत्याधिक मतका कारण आफू विजयी हुने पुर्ण आशावादी छन।