एमाले नेतृत्वको सरकारले गरेका एतिहासिक कामहरुले देशको भविस्य बताउँछ : सचिव भट्ट

धनगढी ! पुर्वमन्त्री एवं नेकपा (एमाले) का सचिव लेखराज भट्टले एमाले नेतृत्वको सरकारले गरेका एतिहासिक कामहरुले देशको भविस्य बताउने बताउनु भएको छ ।

एमाले कैलालीको आठौं अधिवेशनको प्रमुख अतिथिको रुपमा आज धनगढीमा आयोजित कार्यक्रममा उहाँले उक्त कुरा व्यक्त गर्नुभएको हो।
सचिव भट्टले अध्यक्ष ओलीको नेतृत्वमा रहेको सरकारले जनमुखी काम गरेको जिकिर गर्नुभयो तर दलाल पुजिपतिले उहाँको जनमुखी कामहरु मन नपराएकोले अनेक षडयन्त्र बुनि उहाँलाई सेटिङका आधारमा सत्ताबाट हटाएको बताउनु भयो। नेकपा (एमाले) को नेतृत्वमा रहेको सरकारले औधोगिक क्रान्ती नै ल्याउन लागेको बताउनु भयो। उहाँले तत्कालीन सरकारले देशका विभिन्न भागहरुमा औधोगिक ग्रामहरुको शिलान्यास गरेको बताउनु भयो,केही स्थानहरुमा आफ्नै पार्टिका नेताहरुले उक्त अभियानमा भाजो हालेको समेत जिकिर गर्नुभयो।

सचिव भट्टले प्रचण्ड, माधवहरु दलाल पुजिपतिको पन्जामा रहेको बताउनु भयो। “काङ्ग्रेसले दलाल पुजिपतिको नेतृत्व गर्छ,त्यही नीति लिएर हिडेको काङ्ग्रेसको पछि लागेर प्रचण्डहरु हिडिरहेका छन। काङ्ग्रेसको पछि लागेर हिड्ने प्रचण्डले कस्तो कम्युनिस्ट पार्टी निर्माण गर्लान?”-उहाँले प्रश्न गर्नुभयो।

सचिव भट्टले जिल्लाको अधिवेशन सफलताको कामनापनि व्यक्त गर्नुभयो। उहाँले यो अधिवेशनले सक्षम र एमाले जिल्ला हाक्नसक्ने सबल नेतृत्व चयन होस भनि शुभेच्छा व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *