परमादेशबाट बनेको सरकार हरेक सवालमा बेखबर छ : पुर्वमन्त्री राना

काठमाडौ ! पुर्व बन तथा बाताबरण मन्त्री,नेकपा एमालेका युवा नेता एवम कैलाली क्षेत्र न. ५ प्रतिनिधिसभाका माननीय साङ्सद नारदमुनी रानाले वर्तमान परमादेशबाट बनेको सरकार हरेक क्षेत्रमा बेखबर रहेको गम्भिर आरोप लगाउनु भएको छ।
प्रतिनिधिसभाको आजको शून्य समयमा बोल्दै उहाले दार्चुलाका जयसिङ धामी भारतिय एसएसबिबाट मारिदा सरकार बेखबर रहेको बताउनु भएको छ।यत्तिका दिन बितिसक्दा सम्म उक्त घटनाबारे भारतसग कुनै किसिमको कुटनैतिक खबरदारी वा न्यायका लागि समन्वय नगर्नु सरकारको लाचारिपन भएको बताउनु भएको छ।
उक्त समयमा बोल्दै उहाले मेलम्चीको बाढिले जनताको जिउधन अस्तब्यस्त पार्दा समेत सरकार बेखबर बनेको,स्वास्थ्य सामाग्री वितरणको नाममा अमेरिकी सेना देशका विभिन्न भागहरुमा गै कार्यक्रम गर्दा समेत सरकार बेखबर बनेको गम्भीर आरोप लगाउनु भएको छ ।
सरकार बनेको एक महिना बितिसक्दा समेत मन्त्रीपरिसद बिस्तार गर्न नसक्नु र जनताका लागि प्रभावकारी कार्यक्रम एवम कोभिड विरुद्द खोपहरुको व्यवस्था गर्न चुकेका कारण यो सरकार निकै आलोचित बनेको छ। जनताका सवालमा बेवास्ता गरेको सरकारलाइ प्रतिपक्षी एमालेले संसद र अन्य विभिन्न क्षेत्रबाट विशेष खबरदारी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *