प्रधानमन्त्रीको आँखामा अटाएन कैलालीको फुलबारी : सांसद रानामात्र बाढी प्रभावित जनताको खेत-आगनमा(तस्वीरहरु)

कैलाली ! पुर्व वन तथा वातावरणमन्त्री एवं प्रतिनिधिसभा कैलाली – ५ का सांसद नारदमुनी रानाले आफ्नो निर्वाचन क्षेत्रको बाढी प्रभावित क्षेत्र धनगढी उपमहानगरपालिका अन्तर्गत फुलबारीका विभिन्न स्थानहरुको स्थलगत अवलोकन गर्नुभएको छ।

गत आइतबार रातीदेखी लगातार तीन दिनसम्म परेको बेमौसमी वर्षाले सुदुरपश्चिमको विशेषगरि कैलालीको जनजीवन प्रभावित पारेको छ। वर्षा सगै आएको बाढिले त्यस क्षेत्रका किसानहरुले लगाएको धानखेती नस्ट पारेको छ।धान काटेर बाली भित्र्याउने बेलामा भएको वर्षाले अधिकांस किसानहरुको विचल्ली पारेको छ।

बाढी र पहिरोको क्षति बुझ्न बिहिवार सुदुरपश्चिमको भ्रमणमा निस्केका प्रधानमन्त्री देउवाले पिडित जनतासम्म नपुगी हेलिकप्टरबाट केही स्थान विशेषसम्म मात्र आफ्ना सिमित कार्यकर्तालाई भेटेर शुक्रबार काठमाडौं फर्किएका छन ।पिडित जनताको घाउमा मलम लगाउनुपर्नेमा प्रश्न गर्ने जनतालाई उल्टै तपाईं चुप लाग्नुस भन्दै प्रधानमन्त्री जङ्गिएका थिए ।आफ्नो पुरानो निर्वाचन क्षेत्र धनगढीमा पनि एकरात बसेका प्रधानमन्त्री देउवा बाढी प्रभावित क्षेत्रमा पाइला नटेकी काठमाडौ फर्किएका छन ।संघीय र प्रदेश सरकारको कुनै उपस्थिति नरहेको बेलामा वर्षासगै आएको बाढिद्रारा क्षति पुर्याएको क्षेत्र फुलबारीमा त्यस क्षेत्रका प्रतिनिधीसभा सदस्य नारदमुनी रानाले स्थलगत अनुगमनका साथै भएको क्षतिबारे जनतासग प्रत्यक्ष जानकारी लिनुभएको छ।

प्रायः सबै किसानहरुले धानबाली भित्र्याउने बेलामा भएको यो अनिस्टको क्षतिपूर्तिका लागि सांसद रानाले विज्ञप्ति मार्फत सरकारलाई किसानको उचित क्षतिपूर्तिका लागि माग गरि सक्नुभएको छ।जनतासग प्रत्यक्ष भेटघाट र क्षतिको अनुगमन गर्नुभएका सांसद रानाले पिडित किसानको क्षतिपूर्तिका लागि सरकारसग जोडदार माग गर्नुभएको छ र पिडित जनतालाई उचित राहत दिलाई छाड्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ।सरकारको उपस्थिति नरहेको समयमा सांसद रानाद्रारा जनताको खेत अनि घरदैलोमा गरिएको यो अनुगमनले केही मात्रामा क्षतिपूर्ति पाउने आशा जागेको त्यहाका पिडित स्थानियले बताएका छन। सांसद रानाद्रारा फुलबारीका जनताको खेत-आगनमा अनुगमन गर्नुभएका तस्वीरहरु-                                                                                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *