एमालेको विधान महाधिवेशनको तयारी अन्तिम चरणमा : नेताहरुको निरीक्षण तीब्र

काठमाडौ ! नेकपा एमालेको पहिलो विधान महाधिवेशन आउन अब २ दिन मात्र बाकी रहेको छ। आगामी शुक्रबार देखि आइतबारसम्म आयोजना हुने उक्त महाधिवेशनको सम्पुर्ण तयारी पूरा भएको एमाले पार्टी कार्यालय सचिव शेर बहादुर तामाङले बताउनु भएको छ।

आगामी १५-१७ गतेसम्म ललितपुरको गोदावरी नगरपालिका स्थित सनराइज सम्मेलन केन्द्रको हलमा करिब ५ हजार जना पार्टी नेता कार्यकर्ताको उपस्थिति रहेर आयोजना हुने विधान महाधिवेशनको अन्तिम तयारी निरिक्षण गर्न पार्टी आज अध्यक्ष केपी शर्मा ओली स्वयं हलमा पुग्नुभएको थियो। उहाँसगै पार्टिका सचिव प्रदीप ज्ञावाली लगायत नेताहरुले निरन्तर निरिक्षण गरिरहनु भएको छ।

अन्तिम तयारी लगभग सकिएसगै देशभरीबाट नेता कार्यकर्ताहरु महाधिवेशनमा भाग लिन राजधानी भित्रीन थालेका छन।एमालेको यो विधान महाधिवेशन एतिहासिक हुने नेताहरुले बताउदै आउनुभएको छ।                                                                         

Leave a Reply

Your email address will not be published. Required fields are marked *