३८ क्विन्टल सुन तस्करी मुद्दाको अन्तिम सुनुवाइ आजदेखि हुँदै

विराटनगर । ३८ क्विन्टल सुन तस्करी प्रकरणको अन्तिम बहस आज (आइतबार)बाट जिल्ला अदालत मोरङमा हुँदै छ ।

असोज ७ गतेदेखि सुनुवाइका क्रममा रहेर हेर्दाहेर्दैमा राखिएको मुद्दामा कानुन व्यवसायीका तर्फबाट बहस सुरु हुने अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमालाले जानकारी दिनुभयो । बहस जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुने भएको हो ।

उक्त मुद्दामा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसालको नेतृत्वमा सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्ले, सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबु पोखरेललगायतले बहस गर्ने छन् ।

तस्करीको साढे ३३ किलो सुन गायब भएपछि तस्करको समूहको यातनाका क्रममा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका-१ मा  सनम शाक्यको मृत्यु भएको थियो ।

सुन तस्करी मुद्दाका ७७ प्रतिवादीमध्ये २२ जना अझै फरार छन् । प्रहरीले पक्राउ गरेका र अदालतमा आफैं हाजिर भएका ५५ जना मध्ये अधिकांश धरौटीमा छुटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *