नारायणहिटी दरबार संग्राहलयमा राखिएको श्रीपेच एक व्यक्तिले चोर्न खोजेपछी

काठमाडौं । नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने  खाेज्ने व्यक्ति पक्राउ परेका छन।

शुक्रबार  दरबार संग्राहलयमा अवलकोनमा गएका खिमबहादुर घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुृटाउन प्रयास गरेपछि सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएको दरबार संग्राहलाय व्यवस्थापन समिति स्राेतले जानकारी दिएकाे छ ।

रुकुम घर भएका घर्तीले कोठाभित्र सोकेसमा राखिएको खुकुरी झिकेर श्रीपेच निकाल्न प्रयास गरेपनि श्रीपेच बुलेट प्रुफ सिसाभित्र भएकाले सुरक्षित रहेकाे स्राेतले बतायाे ।

यसबारे अनुसन्धान शुरु भएको संग्राहलयले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *