धनगढी उपमहानगरपालिकाको नगरसभा बैठकमा उममेयर रानाद्रारा मेयर हमालको चर्को आलोचना

धनगढी ! धनगढी उपमहानगरको आठौं नगरसभाको तेस्रो बैठकमा उपमहानगरका मेयर गोपाल हमालले एकलौटी गरेको भन्दै उक्त बैठकमा उपमेयर कन्दकला रानाले मेयरको चर्को विरोध गर्नुभएको छ।

बजेट निर्माण अघि कुनै सरसल्लाह नगरी बैठक निर्धारण गरेको भन्दै उहाँले बैठकमा गम्भीर आपत्ति जनाउनु भयो।
`म बनाउछु मेरो धनगढी भन्ने अनि जननिर्वाचित उपमेयरसँग सल्लाह नगर्ने?यो बिधिसम्मत भएन।´-उपमेयर रानाले भन्नुभयो।

उहाँले नगरप्रमुख हमालका साथै प्रमुख प्रशासकीय अधिकृतको पनि बैठकमा आलोचना गर्नुभयो। उहाँहरु दुबैले उपमेयरको फोन समेत नउठाएको र बजेट निर्माणमा कुनै सल्लाह नगरिएको उपमेयर रानाको गुनासो रहेको थियो।                                                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *