कैलालीमा पार्टीलाई अन्तरघात गरेको भन्दै एमाले कैलाली अध्यक्ष रतन थापालाई सोधियो स्पष्टीकरण

कैलाली ! स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तरघात गरेको आरोपसहित एमाले जिल्ला कमिटी कैलालीले जिल्ला अध्यक्ष रतन थापालाई ३ दिने स्पष्टिकरण सोधेको छ।

असार ५ गते जिल्ला इन्चार्ज नारदमुनि रानाले अध्यक्ष थापालाई २३ बुँदे स्पष्टिकरण सोधेका हुन्। उनलाई तीन दिनभित्र चित्तबुझ्दो जवाफ नपठाए पार्टी विधान बमोजिम कारवाही गर्ने चेतावनी दिइएको छ।
‘तपाई जिल्ला पार्टी अध्यक्षको हैसियतले समग्र जिल्लाभरी नेकपा एमालेका सवै उम्मेदवारहरूलाई जिताउने योजना बनाइ लाग्नुपर्नेमा सो नगरी चुपचाप बस्नुको कारण के हो ?’ स्पष्टिकरणमा भनिएको छ।                                                                                       

Leave a Reply

Your email address will not be published. Required fields are marked *