अनेरास्ववियु सुदुरपश्चिम प्रदेश संयोजकमा धनगढीका नेत्र मैनाली चयन

काठमाडौं ! नेकपा एमाले निकट बिध्यार्थीहरुको संगठन अनेरास्ववियुको शनिवार सम्पन्न सचिवालय भेलाले सुदुरपश्चिम प्रदेश संयोजकमा धनगढी,कैलालीका युवा बिध्यार्थी नेता नेत्र मैनालीलाई चयन गरेको छ।

उक्त भेलाबाट केन्द्रिय नेतृत्वपनि परिवर्तन गरेको छ। अनेरास्ववियुका अध्यक्ष एन महरले संगठनबाट बिदा लिइ उक्त संगठनकी उपाध्यक्ष समेत रहेकी सुनिता बराललाई अध्यक्षमा चयन गरेको छ।शनिवार सम्पन्न उक्त भेलाबाट विभिन्न पदमा जिम्मेवारी पाउने बिध्यार्थी नेताहरु मध्य सुदुरपश्चिमका संयोजक नेत्र मैनाली आम जनतामा निकै लोकपि्रय युवा मानिन्छन।

युवा बिध्यार्थी माझ निकै लोकपि्रय उनी विगत देखि नै संगठनका कामहरुमा निकै जागरुक थिए।संगठनको संयोजकको जिम्मेवारी पाएसगै प्रदेशमा अब बिध्यार्थी आन्दोलन अझ सशक्त हुने आम युवाहरुको बुझाई छ। पार्टिलाई हरेक तवरले सहयोग पुर्याउनेमा युवासंघ र अनेरास्ववियुको प्रमुख भुमिका रहदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *