एमालेले धनगढीमा यसरी मनायो २९ औं मदन – आश्रित स्मृति दिवस (फोटोफिचर)

धनगढी ! जनताको बहुदलीय जनवादका प्रणेता, नेकपा (एमाले) का तत्कालीन महासचिव तथा जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको २९ औं स्मृति दिवस उहाँहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै धनगढीमा मनाइएको छ।

आज एमाले पार्टी कार्यालय धनगढी कैलालीमा उहाँहरुको तस्वीरमा टीका र पुष्पगुच्छा चढाइ पार्टीका नेताहरुले श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो। उक्त अवसरमा एमाले पोलिटव्युरो सदस्य एवं कैलाली इन्चार्ज नारदमुनी राना,एमाले पोलिटव्युरो सदस्य एवं सुदुरपश्चिम सह-इन्चार्ज लिला भण्डारी,एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्यहरु यज्ञराज बास्तोला,नेपालु चौधरी,एमाले केन्द्रिय निर्वाचन विभाग सदस्य एवं धनगढी उपमहानगरपालिकाका मेयरका उम्मेदवार रण बहादुर चन्द,एमाले जिल्ला कमिटी उपाध्यक्ष दुर्गा जोशी,जिल्ला उपसचिव लोकेन्द्र शाही,एमाले जिल्ला कमिटी सदस्य कमलसिं राना,जिल्ला कमिटी सदस्य एवं धनगढी-१८ का नवनिर्वाचित वडा अध्यक्ष भुवन रिजाल,एमाले धनगढी उपमहानगरपालिका अध्यक्ष रामचन्द्र जोशी लगायतका पार्टीका युवा नेताहरुको उपस्थिति रहेको थियो। उक्त अवसरमा उहाँहरुप्रति १ मिनेट मौन धारण गरेर श्रद्धाञ्जली व्यक्त गरिएको थियो।                                             

Leave a Reply

Your email address will not be published. Required fields are marked *