एमाले अध्यक्ष ओली चुनावी सभालाई सम्बोधन गर्न आज कैलाली आउनु हुँदै : यस्तो छ कार्यक्रमहरुको समय तालिका

धनगढी ! एमाले अध्यक्ष केपी शर्मा ओली आज चुनावी सभालाई सम्बोधन गर्न कैलाली र कंचनपुर आउनु हुँदैछ। दुइवटा जिल्लामा ३ सभालाई उहाँले आजै सम्बोधन गर्नुहुनेछ।

अध्यक्ष ओली काठमाडौंबाट १० बजे नियमित उडान मार्फत धनगढी एयरपोर्ट पुग्नुहुनेछ। त्यसपछि धनगढीबाट कैलालीको बौनिया स्थित बर्दगोरिया गाउँपालिकामा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्न ११:३० बजे बर्दगोरिया पुग्नुहुनेछ।

बर्दगोरियाको कार्यक्रम सकेर अध्यक्ष ओली कंचनपुरको बेलौरी नगरपालिकामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न सिधै हेलिकप्टर मार्फत बेलौरी पुग्नुहुने जनाइएको छ।

दिउँसो १:३० बजेको उक्त जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओलीसँगै एमाले सचिव एवं प्रदेश इन्चार्ज लेखराज भट्टपनि रहनुहुनेछ। बेलौरीको सभामा सम्बोधन पछि अध्यक्ष ओली धनगढी उपमहानगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न हेलिकप्टर मार्फत धनगढीको कबर्डहलमा ३:३० बजे पुग्नु हुने जनाइएको छ।

धनगढी उपमहानगरपालिकामा एमालेको चुनावी जनसभा दिउँसो ३:३० बजेका लागि राखिएको छ। धनगढीको सभा सकेर अध्यक्ष ओली आजै साँझ ६:०० बजे नियमित उडान मार्फत काठमाडौ फर्किनु हुनेछ।

धनगढी उपमहानगरपालिकामा एमालेबाट मेयरमा रण बहादुर चन्द र उपमेयरमा कन्दकला राना थारु उम्मेदवार हुनुहुन्छ। उक्त सभाको सम्पुर्ण तयारी पूरा भएको आयोजकले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *