नवनियुक्त प्रधानसेनापतिले शुक्रवार आफ्ना योजनाहरु प्रस्तुत गर्ने

काठमाडौँ – नवनियुक्त प्रधान सेनापति प्रभुराम शर्माले शुक्रबार सकल दर्जालाई सम्बोधन गर्दै आफ्नो तीन वर्षे कार्यकालको रणनीतिक खाका सुनाउने भएका छन् । उनले  सेनाका परमाधिपति तथा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिएर आएलगत्तै पिएसोज बैठक राखेर आफ्नो कार्यशैली र योजना सुनाएका थिए ।

रथिबृन्दलाई उनले आफ्नो योजना सुनाउँदै त्यसमा सहयोग भूमिका र सामूहिक भावले अघि बढ्न सुझाएका छन्  । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच राष्ट्रपतिबाट महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त भएका शर्मा नेपाली सेनाको ४४ औ सेनापति हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *