काठमाडौं लगायत देशभरी नै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाकाे अनुरोध

काठमाडौं । आज देशको अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । भारतको मध्यप्रदेश र विधार्वा आसपास अवस्थित न्युन चापिय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भारी वर्ष हुने सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको हाे ।

सोही प्रणालीका कारण गत आइतबार राति काठमाडौं उपत्यका अतिभारी वर्षा भएर बागमती छेउका वस्ती डुबानमा परेका थिए । यसका साथै मनसुनी न्यून चापीय रेखा औसत स्थान नजिक अर्थात् तराईको दक्षिणतिर छ ।

आज बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको संभावना सम्भावना रहेको महाशाखाको भनाइ छ । ती प्रदेशहरुमा बाढी र पहिरोको जोखिम रहेकाले दैनिक जीवनयापन तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै महाशाखाले भनेको छ – देशको धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा साथै बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।’

महाशाखाले दिउँसो मुलुकका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको आँकलन गरेको छ । राति भने बागमतीका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ, जुन काठमाडौं उपत्यकासहितको क्षेत्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *