पार्टीबाट सामूहिक राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बन्छौं : जनकपुर काङ्ग्रेस सभापति

काठमाडौं ! सत्तारूढ गठबन्धनबीच जनकपुरधाम उपमहानगरपालिकाको मेयर जनता समाजवादी पार्टीलाई दिने सहमति भएपछि नेपालीका कांग्रेसका जिल्ला नेताहरूले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
उनीहरूले आफूहरूले अब सामूहिक राजीनामा दिन लागेको बताएका छन्। सेतोपाटीसँग कुरा गर्दै कांग्रेस जनकपुरका नगर सभापति मनोज साहले आफूसहित दर्जनौं नेता/कार्यकर्ताले राजीनामा दिन लागेको बताए।

पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिने योजना रहेको उनले जानकारी दिए। राजीनामा घोषणा गर्न उनीहरूले शुक्रबार दिउँसो पत्रकार सम्मेलन आयोजना गरेका छन्।
‘यहाँका नेता कार्यकर्ताको भावनाविपरीत गठबन्धन गर्ने केन्द्रीय नीतिविरूद्ध हामी पार्टी परित्याग गर्न लागेका हौं। सभापति देउवाजीले पाटीलाई बर्बाद गर्न लागेपछि कांग्रेस जोगाउन हामी स्वतन्त्र भएर उम्मेदवारी दिन लागेका हौं,’उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *