आउँदो निर्वाचन परमादेशलाई जनादेशले जित्ने जनमत संग्रह : सचिव अर्याल

काठमाडौ !नेकपा (एमाले) केन्द्रीय कमिटी सचिव एवम् पूर्वमन्त्री पदमा अर्यालले बैशाख ३० गते हुने निर्वाचन परमादेशलाई जनादेशले जित्ने जनमत संग्रह हुने बताउनु भयो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कमिटी स्याङ्जाको १३ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री अर्यालले भन्नुभयो, ‘२०७४को जनादेशलाई परमादेशले विस्थापित ग¥यो । जनादेशलाई खण्डित गर्ने कार्यको हिसाब पुनः बैशाख ३० गते जनताले गर्नेछ ।’ जनताले साँवाको मात्र नभई ब्यास समेतको हर्जना असुल्ने उहाँको जिकिर छ ।
परमादेश ठीक कि बेठिक भन्ने सवालमा आसन्न स्थानीय तहको निर्वाचनले फैसला गर्ने सचिव अर्यालले ठोकुवा गर्नुभयो । तर, अगामी निर्वाचन लोकतन्त्रको मूल्य र मान्यता अनुसार हुन्छ कि हुदैन भन्नेमा उनले शंका गर्नुभयो । ‘निर्वाचन आयोग मतपत्रको रंगमा अल्मलिएको छ । कुनै दल विशेषका लागि मात्र आयोग लागिरहेछ,’ उहाँले भन्नुभयो, ‘आशा छ, निर्वाचन आयोग स्वतन्त्र, निष्पक्ष र धाँधली रहित चुनावमा लाग्नेछ ।’
यस्तै गठबन्धन कमजोर र कायर मानसिकता भएकालेमात्र गर्ने बताउनु भयो । गठबन्धन निर्बलियाहरुको झुण्डा भएकाले अतालिनु नहुने उहाँले बताउनु भयो । शेर बहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपालले गठबन्धनको नाममा राज्यलाई अन्यौलताको भुमरीमा फसाएको आरोप लगाए । ‘देउवा सरकारको ८ महिनाको उपलब्धिहरु शून्य छ । ओली सरकारको धनात्मक सूचक ऋणात्मक अवस्थामा पुगेको छ । इतिहासमा मूल्यबृद्धिले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ,’ उहाँले भन्नुभयो । मुलुकको अवस्था एकदमै नाजुक अवस्थामा पुगेको बताउदै अब पुनः एमालेको सरकारको विकल्न नसोँच्न जनतालाई आग्रह समेत गर्नुभयो ।
एक अर्को प्रसंगमा प्रचण्ड मुलुककै अस्थिरताको नायके भएको अर्यालले बताउनु भयो। सत्ता, कुर्सी र पावरका लागि प्रचण्डले पार्टी र मुलुकलाई बन्धक राख्ने गरेको साक्षी एमालेसँग रहेको उहाँले बताउनु भयो । राष्ट्रिय तथा अन्तराष्ट्रिय अदालतबाट असुरक्षित महसुस भैसकेकाले प्रचण्ड सत्तालिप्त भएको उनको दावी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *