आउँदो निर्वाचन परमादेश र जनादेशका बीच जनमत संग्रहका रुपमा हुन्छ : अध्यक्ष ओली

काठमाडाैँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले आउँदो निर्वाचन जनमत संग्रहका रुपमा हुन लागेको बताउनु भएको छ । आजबाट सुरु भएको केन्द्रिय कमिटी बैठक मार्फत उहाँले आफ्नो राजनीतिक प्रतिवेदनमा निर्वाचन सामान्य, नियमति र सहज अवस्थामा नभई परमादेश र जनादेशका बीचमा जनमत संग्रहका रुपमा हुन लागेको उल्लेख गर्नुभएको छ ।

‘राजनीति स्थायित्वका पक्षधर र अस्थिरताका संवाहकहरुबीच हुँदैछ, समृद्धि कि बर्बादी, लोकतान्त्रिक संस्थाहरुको रक्षा कि मानमर्दन बीचको छनौटको रुपमा हुँदैछ,’ अध्यक्ष ओलीले उल्लेख गर्नुभएको छ ।
एमालेसँग आउँदो चुनाव जित्ने पर्याप्त आधार रहेको उहाँले उल्लेख गर्नुभएको छ । पाँच दलीय गठबन्धन देखाएर एमालेलाई मनोवैज्ञानिक रुपमा प्रभाव पार्न खोजिए पनि गठबन्धन कमजोरीको द्योतकका रुपमा लिनुपर्ने बताउनु भयो ।

‘गठबन्धनको यो मनोवैज्ञानिक भयबाट मुक्त हुनु जरुरी छ । वैशाखीको सहारा उसलाई चाहिन्छ, जसका खुट्टा कमजोर छन्,’ उहाँको प्रतिवेदनमा उल्लेख छ ।  आफूहरु विरुद्धको घेराबन्दी, आक्रमण र दुष्प्रचारका बाबजुत पार्टीप्रतिको जनविश्वास अखण्डित रहनु जितको आधार भएको अध्यक्ष ओलीको दाबी छ ।

एमाले केन्द्रिय कमिटी बैठक भोलीसम्म चल्नेछ। यो बैठकद्रारा स्थानिय निकाय निर्वाचनको लागि महत्त्वपूर्ण निर्णय गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *