राष्ट्रपति भण्डारीद्वारा प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त

काठमाडौ ! राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो ।
नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम उहालाई भदौ २४ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *