महासचिब पोखरेलसग पुग्यो एमाले बागलुङको सुझाब दस्तावेजहरु

काठमाडौ !नेकपा एमालेको संशोधित विधानका लागि बागलुङका नेता कार्यकर्ताले दिएको सुझाव पार्टी केन्द्रीय कार्यालयमा बुझाइएको छ । एमाले बागलुङले बुधवार सांझ भर्चुअल माध्यमबाट जिल्लाका नेता कार्यकर्ताहरुसंग सुझाव संकलन गरेको थियो ।

पार्टीका जिल्लामा रहेका र जिल्ला बाहिर र प्रवासमा समेत रहेका नेता कार्यकर्ताहरुबाट संकलित सुझाव पार्टीका महासचिव इश्वर पोखरेल र पार्टी केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङलाई बुझाइएको छ ।

जिल्लाका नेता कार्यकर्ताहरुको सझाव पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मन कुमारी केसी जिसीले केन्द्रीय कार्यालयमा पुगेर महासचिव र कार्यालय सचिवलाई बुझाउनु भएको हो ।

पार्टीका नेता कार्यकर्ताहरुले दिएका महत्वपूर्ण सुझावहरु पार्टी महासचिवलाई बुझाइएको र उहाले सुझावहरुका विषयमा पार्टीमा छलफल गर्ने बताउनु भएको केसीले जानकारी दिनुभयो ।

भदौ २७ र २८ गतेका लागि आयोजित विधान अधिवेशनमा प्रस्तुत हुने संशोधित विधानमा जिल्लाका नेताहरुले दिएका सुझाव महत्वपूर्ण रहेको र सुझाव कार्यान्वयनका लागि केन्द्रमा बुझाइएको केसीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *