एमालेका सांसदहरू सभामुख कार्यकक्षमा : सभामुख सापकोटा अनुपस्थित

काठमाडौ ! नेकपा एमालेका साङ्सदहरु आजपनी सभामुख अग्नि प्रसाद सापकोटालाइ भेटेर पार्टिले कारबाही गरेका १४ जना साङ्सदहरुलाइ अबिलम्ब कारबाही गर्नलाइ दबाब दिन सभामुख कार्यकक्ष सिंहदरबार पुग्नुभएको छ।

विगतमा २४ घण्टाभित्र कारबाहिको सुचना दिने सभामुखले यो पटक पुर्वाग्रहि ढङ्गले आफ्नो पार्टिले कारवाही गरेका साङ्सदहरुलाइ बचाउ गरेको उहाहरुको आरोप छ ।हिजोपनी यसैगरी उहाहरुले भेट्नु भएको थियो र सभामुखले ती साङ्सदहरुको बचाउ गरेपछी केही समय एमाले साङ्सदहरु र सभामुख बिच चर्काचर्की नै भएको स्रोतले जनाएको छ ।

आजपनी हिजो जस्तै घटना हुने भयले अहिलेसम्म सभामुख आफ्नो कार्यकक्षमा उपस्थिति जनाउनुभएको छैन।सभामुख सापकोटालाइ एमालेका साङ्सदहरुले उहाकै कार्यकक्षमा पर्खिरहनु भएको छ र आज उहाहरुले निर्णायक कदम चाल्न चर्को दबाब दिने बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *