औद्योगिक पूर्वाधार आफै बनाए ७५ प्रतिशतसम्म शोधभर्ना

काठमाडौं ! तीन क्षेत्रका उद्योगले आफ्ना प्लान्टसम्म पुग्न आवश्यक औद्योगिक पूर्वाधार बनाएमा सरकारले शोधभर्ना दिने भएको छ । तारे होटेल, सिमेन्ट र फलाम उद्योग स्वयम्ले उद्योगसम्म पुग्ने पहुँच सडक र विद्युत् प्रसारण लाइन निर्माण गरेको खण्डमा लागतको ७५ प्रतिशतसम्म सरकारले शोधभर्ना दिने गरी कार्यविधि आएको छ ।

सरकारले उद्योगसम्म पुग्ने सडक, खानेपानी, बिजुली, ढलजस्ता आधारभूत पूर्वाधार बनाइदिने चर्चा चलिरहेका बेला उसले लगानीकर्तालाई नै त्यस्ता पूर्वाधार बनाउन प्रोत्साहित गर्ने गरी कार्यविधि ल्याएको छ । गत आर्थिक वर्ष २०७८/७९ को बजेटमा गरिएको व्यवस्था चालू आर्थिक वर्ष (आव) २०७९/८० देखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो। आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *