उपकुलपतिका लागि त्रिविद्वारा पुनः दरखास्त आह्वान

काठमाडौं !  त्रिभुवन विश्वविद्यालयले उपकुलपति नियुक्तिका लागि पुन: दरखास्त आह्वान गरेकाे छ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट समितिले सोमबार दोस्रो विज्ञापन जारी गरेकाे हाे।

समितिको आइतबार बसेको बैठकले उपकुलपति छनोटसम्बन्धी कार्यविधि परिमार्जन गरेपछि पुन: दरखास्त आह्वान गर्ने निर्णय गरेको हो।

यसभन्दा अगाडि त्रिविले शुक्रबार उपकुलपतिका लागि जारी गरेकाे विज्ञापनकाे चाैतर्फी विराेध भएकाे थियाे। विज्ञापनमा उपकुलपतिमा दरखास्त पेस गर्न विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको भन्ने व्यवस्था गरिएकाे थियाे।

चाैतर्फी विराेधपश्चात् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त व्यवस्था हटाएर पुन: विज्ञापन जारी गर्न निर्देशन दिएका थिए। प्रधानमन्त्री दाहालकाे निर्देशनपछि शुक्रबारकाे विज्ञापन रद्द भएकाे हाे।