त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त माग

काठमाडौं ! त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त माग गरिएको छ ।
उपकुलपति नियुक्त गर्ने प्रयोजनका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ को उपदफा (२) बमोजिम गठित सिफारिस समितिले योग्यता पूरा गरेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

यो सूचना प्रकाशित भएको शुक्रबारको मितिले दश दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा आवेदन पेश गर्न सकिने सूचनामा उल्लेख छ ।