बागमती प्रदेशमा गाडी भाडा घट्यो, अब काठमाडौँमा न्युनतम भाडा १८ रुपैयाँ

काठमाडौं ! काठमाडौँ उपत्यका सहित बागमती प्रदेशमा चलने सार्वजनिक यातायातको भाडा दर घटेको छ । बागमती प्रेदश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय बैठकले आज बिहिबारबाट लागु हुने गरी भाडा समायोजन गरेको हो।

मन्त्रालयका अनुसार इन्धनको मूल्य घटेसँगै सवारी भाडा पनि समायोजन गरेर भाडा घटाईएको हो।  जसअन्तर्गत काठमाडौं उपत्यका भित्रका सवारी साधनहरुको भाडा १ रुपैयाँले घटेको छ। अब काठमाडौँ उपत्यका भित्र चल्ने सवारीको भाडा न्युनतम १८ रुपैयाँ देखि अधिकतम ३७ रुपैयाँसम्म तोकिएको छ ।

त्यस्तै बागमती प्रदेशको अन्य रुटको पनि भाडा दर समायोजन गरिएको छ । काठमाडौँ उपत्यका बाहेकका रुटमा २.३० र्पतिशत भाडा घटाईएको मन्त्रालयले जनाएको छ ।

हेर्नुस् कहाँ पुग्न कति भाडा ? 

Leave a Reply

Your email address will not be published. Required fields are marked *