इन्धनको मूल्य घटेसँगै घट्यो गाडी भाडा

काठमाडौं ! सरकारले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दर घटाएको छ । यातायात व्यवस्था विभागले आज साउन १ देखि लागु हुने गरि भाडादर घटाएको हो ।

विभागले  वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था गरेको छ  । सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५% वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले भाडा समायोजन गर्ने गरेको छ  ।

पछिल्लो पटक भाडा समायोजन गर्दा आधार लिइएको मिति २०८०।०२।०३को डिजेलको बजार मूल्य रू १५५/- (प्रति लिटर)मा मिति २०८०।०४।०१मा औसत रु १०.१७/- घटी भई बजार मूल्य प्रति लिटर रु १४४.८३/- कायम भएको र सो मूल्य पछिल्लो समायोजनमा आधार लिइएको मूल्य भन्दा ६.५६% घटी भएको हुँदा विभागले भाडा दर समायोजन गरेको हो ।

आज साउन १ गतेदेखि लागू हुने गरी दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम देहाय अनुसार समायोजन भएको विभागले जनाएको छ ।

यस्तो छ नयाँ भाडा :


Leave a Reply

Your email address will not be published. Required fields are marked *