नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान

काठमाडौं ! नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान भएको छ। बोर्डको सीईओ छनोट उपसमितिले शनिबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो।

उपसमितिले इच्छुक तथा योग्य उम्मेदवारलाई सूचना प्रकाशित भएको मितिले १२ दिनभित्र आवेदन दिन भनेको छ। नेपाली नागरिक भएको, कम्तिमा मास्टर्स डिग्रीसम्मको अध्ययन सकेर पर्यटन क्षेत्रमा १० वर्षको कार्यानुभव भएको, ३५ वर्ष पुरा भई ६० वर्ष ननाघेको, कुनै पनि फौजदारी अभियोग नलागेको, कुनै पनि विदेश देशको स्थायी आवास अनुमति पत्र नभएको र अन्य कुनै कानुनले अयोग्य ठहर नगरेकाले आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा अधिकतम ५ हजार शब्दको व्यवसायीक कार्ययोजना पनि पेश गर्नु पर्ने छ । सीईओको कार्यकाल चार वर्षको हुनेछ।

पूर्वसीईओ धनन्जय रेग्मीको कार्यकाल सकिएसँगै बोड नेतृत्वविहीन थियो ।