कास्कीमा ट्रेकिङ गएका विदेशी पर्यटक सम्पर्कविहीन

पोखरा ! कास्की मर्दी ट्रेकमा गएका एक जना विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् ।

शनिबार बिहान ४ बजेको समयमा मर्दी हाई क्याम्पबाट बेस क्याम्प हिँडेका मिचेल नाम गरेका स्वीडेनी नागरिक सम्पर्कविहीन भएको माछापुच्छ्रे गाउँपालिका ८ का वडाध्यक्ष राम गुरुङले जानकारी दिए ।

आइतबार बिहानसम्म पनि उनी सम्पर्कमा नआएपछि खोजीमा वडा प्रहरी कार्यालय बगरको टोली मर्दी बेसक्याम्प क्षेत्रमा गएको छ ।