पर्यटन प्रबर्द्धनका गर्नलाई मितेरी साइनो गासियो

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुर र गोरखाको ऐतिहासिक पर्यटकीय नगरी बारपाकको पर्यटन प्रबर्द्धनका लागि दुवै ठाउँका व्यवसायी एकजुट भएका छन् । बन्दीपुर र बारपाकको प्रचारप्रसार गर्दै पर्यटन प्रबर्द्धनका लागि दुवै ठाउँका पर्यटन व्यवसायी, होटल व्यवसायी एकजुट भएका हुन् ।

बन्दीपुरमा सोमबार आयोजित पर्यटन व्यवसायी, होटल व्यवसायीहरुको छलफलले दुवै ठाउँमा पर्यटक भित्र्याउनका लागि सहकार्य गर्ने सहमति गरेको छ । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार बन्दीपुर र बारपाकलाई जोड्न मितेरी साइनो गाँस्ने निर्णय भएको जानकारी दिए ।

“बन्दीपुर तनहुँको पुरानो सदरमुकाम पनि रहेको र यसको ऐतिहासिक महत्व पनि छ, बारपाक पनि एउटा पर्यटकीय गाउँ हो, दुवै ठाउँलाई जोड्ने उद्देश्यले प्रचारप्रसार गर्ने, मितेरी साइनो गाँस्ने लगायतका विषयमा सहमति भएको छ,” उनले भने । छलफलमा बन्दीपुरस्थित पर्यटन व्यवसायी, होटल व्यवसायी, बारपाकाका वडाध्यक्ष, पर्यटन व्यवसायी, होटल व्यवसायीको सहभागिता थियो ।

बन्दीपुर आन्तरिक मात्रै नभई बाह्य पर्यटकको पनि गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ । १८ औं शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारहरुले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछ्याइएको बाटो निर्माण गरेका थिए ।

बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ । बन्दीपुर बजारमा भएका पुरानो घरहरुको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *