गोदावरी -४ मा पर्यटकका लागि ग्रिन एण्ड स्टोन पार्क निर्माण हुँदै

अत्तरिया -कैलालीको गोदावरी नगरपालीका वडा नं. ४ बन्दगडामा निर्माणाधिन मष्टाधामको मुख्य मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

पर्यटकलाई लोभ्याउने गरी यहाँ विभिन्न संरचनाहरु बन्ने क्रममा रहेका छन ।
केही समय अघि ओझेलमा परेको यो क्षेत्र धाम निर्माण सँगै आन्तरिक पर्यटकको आवतजावत समेत बढन थालेको छ ।

अहिले पर्यटकको मनै लोभ्याउने ग्रिन एण्ड स्टोन पार्क निर्माण कार्य चलिरहेको छ ।
मन्दिरको संगै ढुङ्गा को कलात्मक शैलीमा पार्कको निर्माण कार्य भईरहेको हो ।
धामको गुरुयोजना अन्तर्गत अझै यस्ता थुप्रै योजना रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *