नयाँ बर्षको दिन गोदावरी पुलमा आन्तरिक पर्यटकको घुइँचो

कैलाली ! कैलालीका पर्यटकीय स्थल गोदावरीमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ। बिहीवार नयाँ वर्षको अवसरमा गोदावरी पुलमा पर्यटकको भीडभाड बढेको हो।

गोदावरी धाम, हनुमान मन्दिर , गोदावरीको पुरानो मन्दिर , बन्देबी मन्दिर , गोदावरीको पुलमा दिनभर फोटो खिचाउने र टिकटक बनाउनेको घुइँचो नै लागेको स्थानिय ब्यबसायीले बताएका छन ।
अवलोकन गर्ने र नयाँ वर्षलाई विशेष रुपमा मनाउन विभिन्न क्षेत्रबाट पर्यटकहरु त्यहाँ पुगेकाले होटेलको ब्यापार पनि बढेको छ । स्थानिय सरकारले गोदावरी क्षेत्रलाई अझै ब्यबस्थित गर्न सके थप पर्यटक आउनेमा स्थानियले विश्वास लिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *