अष्ट्रेलियाका सहायक विदेशमन्त्रीले गरे पशुपति नाथको दर्शन

काठमाडौं ! अष्ट्रेलियाका सहायक विदेशमन्त्री तिमोथी ग्राम वाट्स पालले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । उनले पशुपतिनाथको मन्दिर परिसर पुगेर रुद्राक्षको माला लगाएको आफ्नो तस्बिर सार्वजनिक गरेका हुन् ।

उनले आफ्नो तस्बिर सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘अष्ट्रेलियामा तीव्र फैलिइरहेको धर्म हिन्दू धर्म हो, आधुनिक अष्ट्रेलियाको विविधताले हामीलाई दक्षिण एसिया लगायत विश्वभर जोड्छ ।’

अष्ट्रेलियाको लेबर पार्टीका ४० वर्षीया सांसद वाट्स सन २०२२ के जुन महिनाबाट अष्ट्रेलियाका सहायक विदेश मन्त्री छन् ।

मंगलबार दुई दिने नेपाल भ्रमणमा आएका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटघाट गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *