उत्कृष्ट सेवाग्राहीलाई नगर विकाश कोषले सम्मान गर्ने

काठमाडौं ! नगर विकास कोषले उत्कृष्ट सेवाग्राहीलाई पुरस्कृत एवं सम्मान गर्ने भएको छ । कोषले एक सूचना प्रकाशित गदै आफ्नो ३४ औ वाषिर्कोत्सवको अवसरमा वितरण गर्न लागेको जनाएको छ ।

यसका लागि कोषको ऋण तथा अनुदान सहयोगमा सञ्चालित नगरपालिका र खानेपानी तथा सरसफाई उपभोक्त संस्थाहरुले सहभागिता जनाउँन सक्ने छन् । सेवाग्राही छनौट तथा पुरस्कार सिफारिस समितिको निर्णय अनुसार नगरपालिका तथा उपभोक्ता संस्थाहरुले माघ २० गतेभित्रमा कोषले तोकेको ढाँचामा विवरण भरी कोष कार्यालयमा पेश गर्नुपर्ने छ ।
आवश्यक कागजात इमेल मार्फत पनि पठाउन सकिने नगर विकास कोषका सिभिल ईन्जिनियर नवीन तिवारीले जानकारी दिए ।

पुरस्कारका लागि नगर विकाश कोषको
उत्कृष्ट सेवाग्राही छनौट तथा पुरस्कार सिफारिस उप-समितिले सुचना समेत निकालेको छ।                                                       

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *