“डिप बोरीङ तथा रिजर्भायर टंकी ” निर्माण, संचालन तथा व्यवस्थापनका लागि ऋण सम्झौता सम्पन्न

काठमाडौं ! नगर विकास कोषको खानेपानी तथा सरसफाई कार्यक्रम अन्तर्गत धनकुटा नगरपालिकामा “डिप बोरीङ तथा रिजर्भायर टंकी ” निर्माण, संचालन तथा व्यवस्थापनका लागि मिति आज चैत्र १५ गते धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ्ग र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा बीच रु. ३ करोड ८ लाख ५६ हजार रकमको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

आयोजना निर्माणको कुल अनुमानित लागत रकम रु. ३ करोड ४२ लाख ८५ हजारको ९० प्रतिशत रकम कोषको तर्फबाट ऋण र १० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने छ । ऋण सम्झौता कार्यक्रममा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत राम बहादुर थापा, प्रशासन, योजना तथा अनुगमन अधिकृत सीताराम र आर्थिक विकास अधिकृत श्री विकास अधिकारीको पनि महत्वपूर्ण उपस्थिती रहेको थियो ।

दोस्रो खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत निमार्ण सम्पन्न हाल संचालनमा रहेको धनकुटा खानेपानी तथा ससरसफाई आयोजनाको सेवा प्रवाहमा सुधार गर्ने उद्देश्यले धनकुटा नगरपालिकाको वडा नं. १,३,४, र ६ मा डिप बोरिङ र वडा नं. १ मा रिजर्भायर टंकी (Reservoir Tank) को निर्माण तथा व्यवस्थापनका लागि नगरपालिकाबाट कोषको ऋण स्वरुप स्रोत व्यवस्थापन गरिएको छ भने कोषको यस वित्तीय सहयोगबाट आयोजनाको सेवा प्रवाहमा सुधार भई कोषको ऋण असुलीमा समेत सकरात्मक प्रभाव पर्नेछ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख तामाङले धनकुटा खानेपानी तथा ससरसफाई आयोजनालाई दिगोरुपमा संचालन गराउने नगरपालिकाको समेत जिम्मेवारी भएकोले नगपालिकाले डिप बोरिङ्गका सम्बन्धमा विस्तृत अध्ययन सहित आयोजनालाई अगाडि बढाईएको जनाउदै आयोजना समयमा गुणस्तरीय रुपमा सम्पन्न भै सम्बन्धित आयोजना क्षेत्रका उपभोक्ताहरुलाई सहज ढंगबाट खानेपानी सेवा प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।

साथै नगर विकास कोषका कार्यकारी निर्देशक सापकोटाबाट नगरपालिकाले आयोजना निर्माणको क्रममा प्राविधिक लगायतका पक्षहरुमा ध्यान दिनुपर्ने कुरामा जोड दिर्दै आयोजनाको दिगो संचालन र व्यवस्थापनका लागि नगर विकास कोषबाट निरन्तर प्राविधिक तथा व्यवस्थापकिय सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *