“इनरुवा सपिङ्ग कम्प्लेक्स” निर्माणका लागि नगर विकास कोष र इनरुवा नगरपालिका बीच ऋण सम्झौता

काठमाडौं ! नगर विकास कोषले बढी भन्दा बढी नगरपालिकाहरुलाई शहरी पूर्वाधार विकासमा वित्तिय तथा प्रविधिक सहायता प्रदान गर्ने लक्ष्य अनुरुप शहरीकरणमा तिव्ररुपमा अगाडि बढिरहेको इनरुवा नगरपालिकामा “ईनरुवा सपिङ्ग कम्प्लेक्स (Inaruwa Shopping Complex)” आयोजना निर्माणका लागि मिति २०७८ फाल्गुण ८ गते इनरुवा नगरपालिका र नगर विकास कोष बीच ऋण सम्झौता सम्पन्न भएको छ ।

नगर विकास कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटा र इनरुवा नगरपालिकाका प्रमुख श्री राजन मेहता बीच रु. १९ करोड ४५ लाख २६ हजारको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न गरिएको छ । यस आयोजना निर्माणको कुल अनुमानित लागत रकम रु. २४ करोड ३१ लाख ५८ हजारको ८० प्रतिशत ऋण रकम कोषको तर्फबाट र २० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिनेछ ।

ईनरुवा नगरपालिकाको वडा नंं १ मा करिब ५ कठ्ठा १८ धुर क्षेत्रफलमा निर्माण हुने यो आयोजनालाई नगरपालिकाको महत्वपूर्ण व्यावसायिक क्रियाकलापको पूर्वाधारको आयोजनाको रुपमा हेरिएको छ ।

उक्त सम्झौता कार्यक्रममा नगरपालिकाका प्रमुखज्यूबाट नगरवासीलाई व्यवस्थित र आधुनिक शहरी सेवा सुविधा प्रवाह गर्ने यस आयोजनामा नगर विकास कोषको ऋणको महत्वपूर्ण भूमिका रहेको बताउदै आयोजना गुणस्तरीयरुपमा समयमा सम्पन्न गर्नेतर्फ नगरपालिकाको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्झौता कार्यक्रममा कोषका कार्यकारी निर्देशकज्यूले आयोजना ऋण सम्झौताको चरणसम्म आई पुग्दा नगर विकास कोषले आयोजनालाई गुणस्तरीय बनाउन आयोजनाको तयारी तथा विकासको चरणदेखि नै नगरपालिकासंग सहकार्य भएको बताउदै आयोजनालाई गुणस्तरीयरुपमा सम्पन्न गर्नेतर्फ नगरपालिकाको महत्वपूर्ण भूकिमा रहने विचार व्यक्त गर्नुभयो । यस आयोजनाबाट व्यवस्थित व्यावसायिक क्रियाकलाप, स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणकामा समेत महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यकारी निर्देकज्यूले आगामी दिनमा ईनरुवा नगरपालिकासंग शहरी पूर्वाधार, कृषि पूर्वाधार, फोहरमैला व्यवस्थापन लगायतका अन्य आयोजनाहरुमा समेत सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *