गोरुसिङ्गे सहरी खानेपानी तथा सरसफाई आयोजना निर्माणका लागि ऋण सम्झौता सम्पन्न

काठमाडौं ! शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत गोरुसिङ्गे सहरी खानेपानी तथा सरसफाई आयोजना निर्माण, संचालन तथा व्यवस्थापनका लागि नगर विकास कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटा र गोरुसिङ्गे खानेपानी तथा सरसफाई उपभोक्ता समिति, कपिलबस्तुका अध्यक्ष श्री नरेन्द्रराज टण्डन बीच मिति २०७८ फाल्गुण ४ गते ऋण सम्झौता सम्पन्न भएको छ । सम्झौता कार्यक्रमममा बुद्धभूमि नगरपालिकाको प्रमुख श्री केशव कुमार श्रेष्ठज्यूको महत्वपूर्ण उपस्थिति रहेको थियो ।

आयोजना निर्माणको ठेक्का कवोल अंक रु. १९ करोड १० लाख ५७ हजारमा निर्माण हुने उक्त आयोजनामा नेपाल सरकारको तर्फबाट ७० प्रतिशत अनुदान वापत रु. १३ करोड ३७ लाख द्धण् हजार , नगर विकास कोषको तर्फबाट २५ प्रतिशत ऋण वापत रु. ४ करोड ७७ लाख ६४ हजार साथै आयोजनाबाट लाभान्वित हुने उपभोक्ताको तर्फबाट ५ प्रतिशत वापत रु. ९५ लाख ५२ हजार व्यहोरिनेछ ।

बुद्धभूमि नगरपालिकाको वडा नं. २ मा सेवा समेटने उक्त आयोजनाबाट आयोजना निर्माण पश्चात सन् २०२३ मा २८५८ घरधुरीका १६४७५ जनसंख्या प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

सम्झौता कार्यक्रममा उपभोक्ता समितिका अध्यक्षज्यूबाट आयोजनालाई सफलरुपमा सम्पन्न गराउन नगर विकास कोष, आयोजना व्यबस्थापन कार्यालय र नगरपालिकाबाट निरन्तर व्यवस्थापकिय तथा प्राविधिक सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै आयोजनालाई साथकरुपमा आगडि बढाउने प्रतिवद्धता गर्नुभयो ।

ऋण सम्झौतामा जमानतकर्ताको रुपमा हस्ताक्षर गर्नु भएका बुद्धभूमि नगरपालिकाका नगर प्रमुखज्यूले शहरीकरणतर्फ उन्मुख हुदैगरेको बुद्धभूमि नगरपालिकाका लागि आयोजनाको महत्व माथि प्रकाश पार्दे
यो आयोजना नगरपालिकाकै हालसम्मकै ठूलो आयोजना भएकोले नमूना आयोजनाकोरुपमा सम्पन्न गर्न नगरपालिकाको सदैव साथ र सहयोग रहेन प्रतिवद्धता जाहेर गर्नुभयो । उपभोक्ता समितिलाई सबल बनाउन नगरपालिका प्रतिबद्ध र जिम्मेवार रहेको बताउनु भयो ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यूले नगरपालिका क्षेत्रमा निर्माण हुने आयोजनाको दिगो संचालन र व्यवस्थापनमा स्थनीय तहको महत्वपूर्ण भूमिका माथि प्रकाश पार्दे आयोजना समयमा गुणस्तरीय रुपमा सम्पन्न हुन उपभोक्ता संस्थाको संस्थागत सुशासनतर्फ ध्यानाकर्षण गराउनु भयो ।

कार्यकारी निर्देकज्यूले आगामी दिनमा बुद्धभूमि नगरपालिकासंग शहरी पूर्वाधार, कृषि पूर्वाधार, पर्यटकीय पूर्वाधार, फोहरमैला व्यवस्थापन लगायतका अन्य आयोजनाहरुमा समेत सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।                                                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *