३३ बर्ष पूरा गरि ३४ औं बर्षमा नगर विकास कोष

काठमाडौं ! स्थानिय तहहरुलाई लगानीको वातावरण बनाउदै दिगो विकासमा साझेदारी गरिरहेको नगर विकास कोष आजबाट ३४ औं बर्षमा प्रवेश गरेको छ।

३३ बर्ष पूरा गरि ३४ औं बर्षमा प्रवेश गरेको नगर विकास कोषले आफ्नो बार्षिकोत्सव आज मनाउदैछ। यसै अवसरमा कोषले आफ्नो महत्त्वपूर्ण प्रतिवद्दताहरु प्रस्तुत गरेको छ।

उक्त अवसरमा कोषले भनेको छ-“नगरपालिका र नगरउन्मुख शहरहरुको पुर्वाधार विकास तथा क्षमता विकाशका लागि आर्थिक तथा प्राविधिक सहयोग पुर्याउँदै आइरहेको नगर विकास कोष ३३ बर्ष पूरा गरि ३४ औं बर्षमा प्रवेश गर्दै गर्दा सन्तुलित शहर पुर्वाधार विकाश,वातावरणमैत्री पुर्वाधार र व्यवस्थित शहर निर्माणतर्फ आफ्नो उद्देश्य अनुरुप कोषको व्यवसायिक योजना तथा कार्यक्रमलाई थप कर्तव्यपरायणताका साथ अघि बढ्ने प्रतिवद्दता व्यक्त गर्दछौ।”                                                                         

Leave a Reply

Your email address will not be published. Required fields are marked *