घट्यो प्याजको मूल्य

काठमाडौं ! शुक्रबार कालिमाटी थोक तरकारी बजारमा भारतीय सुकेको प्याजको मूल्य घटेको छ  । आज शुक्रबार कालिमाटी थोक तरकारी बजारमा भारतीय सुकेको प्याजको अधिकतम मूल्य प्रति किलो ७८ रुपैयाँ र न्युनतम मूल्य प्रति किलो ७३ रुपैयाँ कायम गरिएको छ । यो अघिल्लो दिनको तुलनामा २ रुपैयाँ कम हो ।

हिजो बिहिबार कालिमाटीमा प्याजको अधिकतम मूल्य प्रति किलो ८० रुपैयाँ र न्युनतम मूल्य प्रति किलो ७५ रुपैयाँ कायम गरिएको थियो ।

भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेसंगै कालिमाटी फलफुल तथा तरकारी बजारमा प्याज भित्रिएको थिएन । सोहि कारण कालिमाटीमा केहि दिन प्याज भित्रिएको थिएन । तर अब भने साविक बमोजिम नै प्याज भित्रिन थालेपछि मूल्य केहि घटेको हो ।

भारत सरकारले गत शनिवार  प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेको थियो।  गत आइतबार कालिमाटी थोक तरकारी बजारमा भारतीय सुकेको प्याजको अधिकतम मूल्य प्रति किलो ६२ रुपैयाँ र न्युनतम मूल्य प्रति किलो ६० रुपैयाँ रहेको थियो  । सोमबार भने प्याजको मूल्य १८ रुपैयाँ बढेको थियो। मंगलबार र बुधबार मूल्य तोकिएको थिएन ।

भारतले अगस्त १९ अर्थात् शनिवार देखि लागु हुने गरि प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको हो। भारतमा प्याजको मूल्य अत्यधिक महँगो भएपछि भारतले मूल्य घटाउने तथा सहजै प्याज उपलब्ध हुने व्यवस्था गर्न निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेको टाइम्स अफ इण्डियाले जनाएको छ। यसले गर्दा प्याजको निर्यात घट्ने र निर्णय हुने प्याज भारत मै उपलब्ध गराई मूल्य घटाउने सघाउने भारतीय अर्थ मन्त्रालयको विश्वास छ । आगामी डिसेम्बर ३१ सम्म यो नियम लागु हुने बताईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *