सुदूरपश्चिमको ठूलो कैलाली बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियुका यमराज जोशी निर्वाचित

काठमाडौं ! कैलाली बहुमुुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका यमराज जोशी विजयी भएका छन् ।

प्रतिद्धन्द्धी नेपाल विद्यार्थी संघ(नेविसंघ) का हरिश खत्रीलाई पराजीत गर्दै विजयी भएका हुुन् । ७ सय २२ मतसहित जोशी विजयी हुँदा उनका प्रतिद्धन्द्धी खत्रीले ७०५ मत प्राप्त गरेका छन् ।

यस्तै सचिवमा भने नेविसंघका सन्तोश पन्त ८५६ मतसहित विजयी भएका छन् । प्रतिद्धन्द्धी अनेरास्ववियुका रमेश बोहरालाई पराजीत गर्दै पन्त विजयी भएका हुुन् । बोहराले ५८३ मत ल्याए । कोषाध्यक्षमा पनि नेविसंघकै अम्बिका चौधरी विजयी भएकी छन् । प्रतिद्धन्द्धी अखिल(क्रान्तिकारी) दिनेशराज जोशीलाई पराजीत गरेकी हुन् । चौधरीले ७६४ मत पाउँदा जोशीले भने ५७२ मत पाएका हुन् ।

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रहेको कैलाली बहुमुखीमा स्ववियु नेतृत्व चयनका लागि बुुधबार मतदान भएको थियो । विद्यार्थी संगठनहरुबीच स्थानबारे सहमती नहुँदा बिहीबार बिहानसम्म मतगणना हुुन सकेको थिएन । ११ बजे कैलाली क्याम्पसमै गणना गर्ने सहमती भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *