महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

नेपालगन्ज !  महेन्द्र बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । नेविसंघका जीवनराम सुवेदीलाई ९० मतान्तरले पराजित गर्दै माधव खत्री स्ववियु सभापति निर्वाचीत भएका हुन् । खत्रीले ७५६ मत ल्याउँदा सुवेदीले ६६६ मत ल्याएका थिए ।

सचिवमा हरेन्द्रबहादुर विक ९७६ मत र कोषाध्यक्षमा भरतराज बुढाथोकी ८७७ मत ल्याएर विजय भएका छन् ।

सदस्यहरूमा सुरेन्द्र रावल, पंकज सिजापति, टेकराज कँडेल, चिरिञ्जीवी बुढा, निराजन अवस्थी, सुशील बर्मा, सरस्वती बुढामगर र महेश शर्मा विजयी भएका छन् ।

४ हजार १२२ मतदाता रहेको क्याम्पसमा १ हजार ६९२ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *