कैलाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुका उम्मेदवारलाई जिताउन आतुर छन् विद्यार्थी प्रतिनिधिहरु

धनगढी ! बुधबार सुदूरपश्चिम विश्वविद्यालयका १० आङ्गिक क्याम्पसमा निर्वाचन हुँदैछ । जसअनुसार सुदूरपश्चिमकै सबैभन्दा बढी चासोको रूपमा हेरिएको कैलाली बहुमुखी क्याम्पसमा पनि बुधबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुनेछ ।

चुनावको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । भने विद्यार्थीहरू आफ्नो नेतृत्व चयन गर्न आतुर छन् । स्वतन्त्रदेखि पार्टी निकटका विद्यार्थी सङ्गठनहरू प्यानलै बनाएर चुनावी मैदानमा होमिएका छन् । सभापति पदमा मात्रै दुईजना स्वतन्त्रसहित ७ जनाको उम्मेदवारी परेको छ ।

अनेरास्ववियुबाट यमराज जोशी, अखिल (क्रान्तिकारी) बाट पवन सुनार, नेपाल विद्यार्थी संघबाट हरिश खत्री, राप्रपा विद्यार्थी संगठनबाट नविन शाहु, स्वतन्त्रबाट खगेन्द्र प्रसाद अवस्थी र धुर्वराज न्यौपाने सभापति पदको उम्मेदवार छन् ।

अनेरास्ववियुबाट सभापति पदका उम्मेदवार यमराज जोशीले आफ्नो जित पक्का जस्तै भएको दाबी गरेका छन् । आफू हालसम्म विद्यार्थीको हकहितका लागि काम गर्दै आएका कारण आफू लगायत सिङ्गो प्यानलले जित्ने उनको दाबी छ ।

क्याम्पसमा विगत २०७३ सालमा स्ववियु सदस्य भई काम गरेका यमराज जोशी २०७३ सालदेखि निरन्तर कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थीहरुका बिचमा रहेर विभिन्न संघ संस्थामा आबद्ध हुँदै काम गर्दै आएका व्यक्ति हुन ।

विद्यार्थी साहित्य प्रतिष्ठानको पाँच वर्ष महासचिव भएर साहित्यिक सांस्कृतिक क्षेत्रमा काम गरेका यमराज जोशीले केएमसी सृजनशील क्लबको सल्लाहकार भएर सामाजिक काम हुँदै अनेरास्ववियु को जिम्मेवारीमा रहँदै राजनीतिक रूपमा पनि निकै वैचारिक र तार्किक क्षमता अब्बल भएका उम्मेदवारका रूपमा देखिएका छन् ।

अरु भन्दा वैचारिक र राजनीतिक रूपमा सबैभन्दा बलियो उम्मेदवारका रूपमा देखिएका छन् । विद्यार्थीहरूका बिचमा पनि यमराजलाई जिताउनु पर्छ भन्ने चर्चा निकै रहेको देखिन्छ । सबैसँग मिलनसार स्वभावका जोशीलाई सभापतिमा जिताउन सबै विद्याथीहरुले आआफ्नो स्थानबाट जुटेका छन् ।

सबै विद्यार्थीहरूले आफूलाई मतदान गर्नेमा सभापति पदका उम्मेदवार जोशी ढुक्क छन् । ‘विगतमा गरेका कामलाई अघि सार्दै केएमसीको स्ववियू सभापतिमा उम्मेदवारी दिएको हुँ,’ जोशीले भने,‘विभिन्न क्षेत्रमा आबद्ध भएर काम गरिसकेको छु, केएमसीलाई विगत लामो समयदेखि गहिराई रूपमा नियालिरहेको छु । विद्यार्थीहरूको साझा संस्थाको रूपमा स्ववीयूलाई बुझ्दै आइरहेकोले विगत वर्तमान र भविष्यको मुल्याङकन गरेर सम्पूर्ण विद्यार्थीहरूले विजयी गराउनुहुनेछ भन्नेमा म ढुक्क छु ।’

सधै विद्यार्थीका माझ रहिरहने र विद्यार्थीका समस्या बुझन सक्ने भएका कारण आफूहरु यमराज जोशीलाई नै मतदान गर्ने विद्यार्थीहरु बताउँछन् । कैलाली बहुमुखी क्याम्पसमा ४ हजार ३४५ मतदाता रहेका छन् ।

जोशीको नेतृत्वमा पुष्प रानाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । यस्तै पूजा शाहले कोषाध्यक्षमा उम्मेदवार दिएकी छन् भने सचिवमा रमेश बहादुर बोहरा, सह सचिवमा पन्ना जैशी रहेका छन् । सदस्यमा कपिलदत्त भट्ट,तुलसी खत्री,दीपक चौधरी,दीपक विक,धिरेन्द्र बोहरा,पूर्णराज जैशी,बसन्ती साउँद, मनिष बोहरा र लोकेन्द्र चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

अनेरास्ववियुले विद्यार्थी हकहितका लागि सडकमा होस् वा सरकार समक्ष होस् ,आवाजहरु बुलन्द पारेकोले विद्यार्थी प्रतिनिधिहरु यो टिमलाई भोट हाल्न आतुर देखिन्छन् । केही दिनअघि कैलाली बहुमुखी क्याम्पसमा पुग्दा विभिन्न समुहमा छलफल चलाइरहेका विद्यार्थीहरुले अनेरास्ववियुका उम्मेदवारलाई भोट गर्ने अभियान चलाइरहेको र कुराहरु गरिरहेको प्रष्ट देखिथ्यो। यो हिसाबले पनि विद्यार्थी हकहित र मुद्दामा आवाज उठाउने संगठन अनेरास्ववियु र त्यसमाथि सक्षम उम्मेदवार यमराज जोशीलाई जिताउन कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीहरु उत्साही देखिनु स्वभाविक नै हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *