एसपिपी अनुबन्धका लागि सेनाले पठाएको पत्र भन्दै सार्वजनिक गरिएको पत्र फेक(तथ्यसहित)

काठमाडौं ! एसपिपी अनुबन्धका लागि नेपाली सेनाले अमेरिकी सेनालाई पठाएको चिट्ठी भन्दै सार्वजनिक गरिएको उक्त पत्र नै फेक भएको भेटिएको छ। उक्त पत्र तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सन् २०१५ अक्टोबर २७ मा लेखिएको भनेर मिति लेखिएको छ। उक्त सार्वजनिक गरिएको पत्रमा नेपाली सेनाको कुनै आधिकारिक छाप छैन। जबकी सेनाले त्यस्तो आधिकारिक पत्र लेख्दा आफ्नो लेटर हेडमा लेख्ने गर्छ । पत्रमा हस्तलिखित मिति छ,जुन कुनै व्यक्तिले गलत प्रचारका लागि लेखेको जस्तो प्रस्ट देखिन्छ।

आर्मीको लेटर हेडमा उसको आफ्नो चिन्ह हुने गर्दछ। एउटा सामान्य पत्रभन्दा पनि गलत तवरले प्रस्तुत उक्त पत्र आर्मीको आधिकारिक पत्र हुँदै नसक्ने सरोकारवाला हरुले लेख्न थालेका छन् । उक्त पत्र केपी ओलीलाई विरोध गर्न अनावश्यक प्रपन्च गरिएको भन्दै सरोकारवाला हरुले गलत प्रचार गर्नेलाई कारवाही गर्न आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *